लोक गित गाउन गारो छ : टिका पुन
लोक गितको क्षेत्रमा गायीका टिका पुनको नाम नौलो होईन । ०५६ मा आफ्नै पहिलो लाक एल्बम यानि माया संगै गायनमा होमीएकी पुनले अहिले आफ्ना मात्र दर्जन एल्बम बजारमा ल्याईसकेकी छन् । सलल बगेको भेरी नदी , जलेसी ,बादल पारी लगायतका उनकमा लोक गितको एल्बममले यो क्षेत्रमा उनलाई चर्चामा पुर्याउने काम गरेको छ । सुर्खत बिरेन्द्र नगर ११ कि पुनले गायन लागेको यो एक दसको अबधीमा आफ्ना दर्जन एल्ब मात्र होईन अन्य गायक गायीकाको ११ सय जति लोक गितमा आफ्नो स्वर भरिसकेकी छन् । सानै देखिको लोक गित संगितको लगाबले लोक गानयनमा लागेको बताउने पुन अहिले एल्बम निकाल्ने जो कोहीको पनि महिला गायनमा पहिलो रोजाईमा पर्ने गरेकी छन् । लोक गित बाट नै बेला बखतमा गायीका पुनले अवार्ड हातमा पार्न सफल भएकि छिन। उनै गायिका संग ग्ल्यामर नेपाल ले गरेको कफी गफ:
लोक गायन नै किन रोज्नु भयो ?
लोक गित प्रति मेरो सानै देखिको लगाब थियो । सानैमा म लोक गीत सुन्नेर गुनगुनाउने गर्दथे । आफ्नो संस्कृतीको पहिचान लोक गित मार्फतै गर्न सकिन्छ भन्ने लागेर लोक गायनमा नै लागे ।
लोक गित केलाई भन्ने त ?
हाम्रो समाजमा भएको दुःख पिडा लाई आफ्नै परम्परागत लोक शैलीमा , लोकलयमा ढालेर हाम्रो लोक बाजा मादल ,सारङ्गी, बासुरी आदी मौलीक बकाध्य बाधक प्रयोग गरेर गाईएको गितनै लोक गित हो ।
तर अहिले लोक गितमा परम्परागत शैली पाईदैन नि ?
लोक गित उहि हो । तर अहिलेको पुष्ताले आधुनीक बाध्य बादनमा प्रयोग गरेर बिभीन्न्न सैलीले गाउने गर्नाले लोक गित परिवर्तन भएको जस्तो देखिएको छ ।
लोक गित गाउनेको चर्चा अन्य गितको जस्तो छिटो हुदैनन नी किन ?
त्यो हर्नेको दृष्टीकोर्ण हो । फेरी पहिले लोक गित गाउनलेलाई त्यति सुबीधा पनि थिएन । लोक गित सबैले मनपराउदैन थिए । तर अहिले आयर यो परिवर्तन भएको छ । लोक गित अहिले सबैको प्रिय भएको छ भने लोक गितको गायनको जति चर्चा अन्यको छ जस्तो छैन।
प्राय लोक गितमा माया प्रेम कै कुरा किन ?
स्रोताको जुन चाहाना हुन्छ त्यहि गर्ने हो । अहिलेका लोक गितमा स्रोताहरुले माया प्रेम , मिलन बिछोड , आदीनै रुचाउने गर्नु हुन्छ । त्यसैले धेरै लोक गितमा यहि राखीदै आयको छ । अहिले लोक गितमा गाउ घरका पिडा ,समस्या देखायो भने एल्बमनै चल्दैन।
लोक गित गायन सजिलो पनि होला नी ?
सबै भन्दा गित गाउन गारो लोक गित हो । यो गित गाउदा हरेका ठाउमा किड्स लिनु पर्छ । यो गितमा हारमोनियमको पुरै नोट खेलाउनु पर्ने हुन्छ । अन्य गित छिट्टै सिकेर गाउन सकिन्छ । तर लोक गित त्यसरी गाउन भने सकिदैन।
गायन लागेर सबैभन्दा बढी खुसि भएको क्षण पनि होला नी ?
आफ्नै एल्बम हलेसी जमुना बाट सफलता पाउदा हो । यो एल्बम मैले सोचे को भन्दा छिटो सफल भयो भने यसले मलाई निकै चर्चामा पुर्यो ।
लोक गित गायर गुजारा चल्छ त ?
सुरुमा त गारो थियो । यस पेसामा लागेर खान लाउन नपाएर निकै दुःख पनि झेलेको छु । तर यसको चर्चा संगै बिभीन्न स्टेज कार्यक्रममा सहभागी हुन पाईन्छ । एल्बमहरुमा गाउन पाईन्छ । त्यसैले धेरै स्टान्डडर नभनौ साधारण तरीकाले बाच्न भने पुग्छ।
अहिलेको अबस्थामा नै लोक गितमा रहरिहने हो भने तपाईले अन्य पेसा खोज्नु पर्ने अबस्था नआउला भन्न सकिन्न यो अखबस्थामा कुन पेसा रोज्नु हुन्छ त ?
त्यसो त नहोला तर भयो भने म पहिले पनि महिला हिम्सा सम्बन्धी काम गर्थे पछि पनि त्यहि गर्ने सोच छ ।
तपाईले लोक गित गाउन छोड्नु पर्यो भने के गर्नुहुन्छ ?
म गित संगित बाट टाढा रहन भने सक्दीन यदि गित संगितै गाउन छोडनु पर्यो भने पनि मैले संगितको हरेका ज्ञान लिएको छु त्यो ज्ञानलाई नै पेसा बनाउछु र संगितको गुरु बन्छु ।
source: http://www.glamournepal.com/news-gossips/interviews-profiles/tika-pun